३ माघ २०७२, आईतवार

म्याग्दी भकिम्ली–२ मरेककी धना थापा गाउँकै नमुना महिला हुन् । सुन्तला, बाख्रापालन सहित कृषि क्षेत्रमा सक्रिय रहेकी उनको आम्दानी श्रीमान दिलबहादुर थापाको भन्दा धेरै छ । त्यो त गाउँमै रहेको नवज्योती प्राथमिक विद्यालयका प्रधानध्यापक रहेका श्रीमानको भन्दा धेरै कमाई भएकोमा उनमा कुनै घमण्ड छैन् । तर आफू महिला भएर पनि आर्थिक रुपमा सक्षम हुन सकेकोमा भने उनी दंग छिन् ।

vlcsnap-0050-11-19-13h46m33s042
म्याग्दीको भकिम्ली–२ मरेकी धना थापा आफ्नै प्रयासमा सुरू गरेको सुन्तला खेतीबाट रहरलाग्दो आम्दानी गरी आर्थिक रुपमा सक्षम हुन सफल भएकी हुन् । सुन्तलाको पकेट क्षेत्र मानिने भकिम्लीमा बार्षिक सुन्तलाको विरुवा विस्तारका साथै आर्थिक स्रोतका अन्य क्षेत्रमा समेत उनी सक्रिय रुपमा लाग्दै आएकी छिन् । अहिले शिक्षण पेशामा आवद्ध रहेका श्रीमान दिलबहादुर थापाको भन्दा उनको कमाई धेरै छ । तर यसमा उनलाई कुनै दम्भ छैन । बरु परिवारमा महिला शिक्षित, आर्थिक रुपमा बलियो भए त्यसले सबैलाई बलियो बनाउँदो रहेछ भन्ने महसुस आफूले गरेको धना थापा बताउँछिन् । गाउँका नमुना कृषकका रुपमा रहेकी धनाको मेहनतमा श्रीमानको साथ पनि उत्तिकै छ । दैनिकजसो नियमित कृषि पेशामै आवद्ध रहेकी थापाले यसबर्ष सुन्तलाबाट ९० हजार, बोकाबाख्रा विक्रीबाट ८० हजार, आलु सहित कृषि उपजको बिक्रीबाट ५० हजार सहित अन्य साम्रागीहरुको विक्रीबाट समेत मनग्य आम्दानी गरेकी छन् । श्रीमतीले पनि आर्थिक उपार्जन गर्न थालेपछि परिवारमा समेत सहज भएको स्थानीय विद्यालयमा प्रधानाध्यापक समेत रहेका दिलबहादुर थापाको भनाई छ । पति थापाले घर, समाजमा सक्षम महिला भए त्यसले परिवारसंगै गाउँलाई समेत सक्षम र आत्मनिर्भर बनाउने भनाईलाई पुष्टी गर्न आफ्नो पत्नी उदाहरण बन्न सफल भएकोमा प्रसन्नता व्यक्त गरे । यसले गर्दा आफ्नो परिवारलाई आर्थिक रुपमा समृद्धितर्फ अगाडि बढाएको समेत उनले बताए । श्रीमतीलाई चुलो र चौकोमै सीमित गर्ने सामाजिक मानसिकता त्यागेर शिक्षित र आर्थिक रुपमा बलियो बनाउन महिलालाई समेत अवसर दिन सकेमा त्यसको प्रभाव सुखद हुने धना थापाको यो सफलताले देखाएको छ ।

LIVE TV