३ माघ २०७२, आईतवार

आगामी माघ २२ देखि भारतको गुवहाटी र सिलोङमा सुरु हुने १२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको फुटवलको खेलतालिका सार्वजनिक गरिएको छ । पाकिस्तानबाहेक सार्कका सात टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाल समुह ए मा परेको छ । आइतबार गरिएको ड्रमा नेपाल, बंलादेश, भूटान र अफगानिस्तानसहित समुह ए मा परेको छ । समुह बीमा दक्षिण एशियाली महारथी भारत, माल्दिभ्स र श्रीलंका छन । प्रतियोगितामा २३ बर्षमुनिका राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।

SAG 2016
नेपालले समुहको पहिलो खेलमा माघ २४ गते बंगलादेशसंग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै २६ गते भूटानसंग र २८ गते अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समुह चरणको खेलहरु नेहरु रंगशाला र नकआउट चरणका खेलहरु गान्धी रंगशालामा सञ्चालन हुनेछन् । नेपाली टोली सागको तयारीको रुपमा हेरिएको बंगबन्धु गोल्डकप फुटवलका लागि बंगलादेशमा छ । बंगबन्धुमा नेपाल सेमिफाइनलमा पुगेको छ । र मंगलबार हुने सेमिफाइनलमा माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । यता महिलातर्फ नेपाल समुह बी मा परेको छ । समुह बीमा नेपालसंगै माल्दिभ्स र श्रीलंका छन् । नेपालले समुहको पहिलो खेलमा माघ २६ गते श्रीलंका र माघ २८ गते माल्दिभ्ससंग प्रतिष्पर्धा गर्नेछ । महिलातर्फको सम्पूर्ण खेल नेहरु रंगशाला सिलोङमा हुनेछ ।

LIVE TV