
चिनियाँ नागरिकले नेपाललाई मन पर्ने छिमेकी देशको रुपमा रोजेको एक सर्वेक्षणले देखाएको छ । ग्लोवल टाइम्सले गरेको इन्टरनेट सर्वेक्षणमा चिनियाँ नागरिकले पाकिस्तान र काजकिस्तानपछि नेपाललाई मन पर्ने छिमेकी छनोट गरेका हुन् । बेइजिङबाट प्रकाशित हुने पत्रिका ग्लोवल टाइम्सको चिनियाँ भाषाको अनलाइनमा ’हाम्रो छिमेकी छानौँ’ शीर्षकमा केही दिनअघि सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा चिनियाँ नागरिकलाई मन पर्ने छिमेकी देशहरू छनोट गर्न तथा यदि विश्व मानचित्रलाई पुर्नसंचना गर्न सकिने भए कुन देशलाई नयाँ छिमेकीको रुपमा छनोट गर्नुहुन्छ भनी सोधिएको थियो । पत्रिकाको प्रश्नमा दुई लाख चिनियाँले अनलाइनमा भोट दिएका थिए ।