३ माघ २०७२, आईतवार

जिल्ला शिक्षा कार्यालय धनुषामा पछिल्लो छ महिनाको अवधिमा तीन जिल्ला शिक्षा अधिकारी परिवर्तन भएका छन् । तरपनि कार्यालय प्रमुखविहीन अवस्थामा नै रहेको छ ।
जिल्लाको समग्र शैक्षिक नियमनकारी निकायको प्रमुख छिट्टै परिवर्तन हुँदा शैक्षिक समस्या पहिचान र समाधानका लागि पहल हुन नसक्दा बेथितिको भुमरीमा फसेको छ, धुनषाको शिक्षा क्षेत्र । २०७२ साउन यता धनुषामा हालसम्म तीन जना जिशिअ फेरिएका हुन् । ६ महिना यता शंकरकुमार कार्की र उपेन्द्र मण्डलले नेतृत्व गरेको धनुषा जिल्ला शिक्षा कार्यालयमा केहि दिन अगाडि रामविनोद यादव जिशिअको रुपमा सुरुवा भएर आएका छन् । अनौपचारिक शिक्षा सुरुवातसंगै धनुषा आएका जिशिअ कार्कीले विद्यालय अनुगमनको काम सुरु गरेपनि प्रक्रिया र स्थिति बुझन नसक्दा सफल हुन सकेनन् । त्यसपछि धनुषामा जिशिअको रुपमा आएका उपेन्द्र मण्डलले शिक्षा माफियासंग मिलेर रकम शिक्षक नियुक्ती, तलब निकाशा र अनुदान रकममा व्यापक अनियमितता गरेको आरोपमा मन्त्रालयले फिर्ता बोलाएपछि उनी मन्त्रालयमा हाजिर भएका छन् । कार्यालय प्रमुख फेरिरहने र कार्यालयमा नवस्ने समस्याका कारण शिक्षा कार्यालयमा आउने सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

vlcsnap-1418-11-17-02h06m40s673

धनुषामा शिक्षा माफियाको कारण जिशिअहरु टिक्न मुस्किल परेको चर्चा भईरहेको समयमा पछिल्लो शिक्षा अधिकारी कार्यालयमा नवस्दा थप समस्या उत्पन्न भएको सेवाग्राहीहरुको भनाई छ । आन्दोलनको वहानामा जिशिअले व्यक्तिगत स्वार्थका काम घरमै वसेर गर्ने गरेको जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी मिहिलाल यादवको आरोप छ । शंकर कुमार कार्की र उपेन्द्र मण्डलले शिक्षक नियुक्ति, तलब निकाशा र विभिन्न अनुदान कार्यक्रममा रकम अनियमितता गरेको अभियोग लागिरहेको समयमामा नव आगन्तुक जिशिअ यादवले त्यहि कार्यलाई निरन्तरता दिएको कर्मचारीहरुको आरोप छ । यद्यपी, जिशिअलाई कार्यालयमा नियमित बस्न निर्देशन दिईसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउहुन्छ । विगतमा कार्यालयको नेतृत्व स्थिर नहुंदा देखिएको समस्या पहिचान र समाधान मूख्य चूनौती बनेको छ । धनुषाकोे शैक्षिक क्षेत्रमा सुधार गर्न जिल्ला शिक्षा समितिलाई पूर्णता दिने, शिक्षकको व्यवस्थापन,दरबन्दी मिलानको काम, शिक्षक अनुमति पत्र, भवन तथा शौचालय निर्माण सहित मुख्य प्राथमिकतामा रहेको काम जिशिअको कारणले ठप्प रहेको छ । शिक्षा कार्यालयमा कर्मचारीहरु बस्ने वातावतरण हुंदाहुंदै जिशिअ शिक्षा माफियाको चक्करमा कार्यालय वाहिर वस्ने गरेको आरोप लाग्दै आएको छ । २०७२ सालको शैक्षिक सत्र अन्त्यमा आईसक्दा पनि शिक्षा समितिको पूर्णता, शिक्षक व्यवस्थापन र दरबन्दी मिलानको कामले पूर्णता पाउन सकेको छैन् । जसको कारणले धनुषाको शैक्षिक अवस्था दिनानुदिन खस्कदै गएको छ ।

LIVE TV