३ माघ २०७२, आईतवार

पर्यटनमन्त्री आनन्द पोख्रेलले बाराको निजगढमा बनाउने भनिएको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण प्रक्रियाका लागि सम्भावना अध्ययन गर्ने बिदेशी कम्पनी नै बाधक भएको बताउनु भएको छ । उहाँले सम्भावना अध्ययनका लागि तयार गरिएको प्रतिवेदन नै विमानस्थल बन्न नदिने गरी बनाइएको जिकिर समेत गर्नु भएको छ । बाराको निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणका लागि भैरहेको पूर्ब तयारीका बारेमा छलफल गर्न आइतबार बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री पोखरेलले आफुले मन्त्री पदमा रहेर भन्न हुने या नहुने हो त्यो थाहा नभएको भन्दै यथार्थमा विमानस्थल वन्न नदिन धेरै चलखेल भएको दावी गर्नुभयो । उहाँले संसदको समितिमा यथार्थ भनाई राख्नु आफ्नो दायित्व भएको बताउदै सम्भावान अध्ययनका लागि तयार गरिएको प्रतिवेदन बिमानस्थल बन्न नदिन बनाइएको जिकिर गर्नुभयो । उहाँले यस्मा समितिलाई गहिरिएर अध्ययन गर्न पनि आग्रह गर्नुभयो ।

 

LIVE TV