३ माघ २०७२, आईतवार

सुनसरीको दक्षिण पश्चिमका गाविसहरुको माटो कोशीमा बाँध बनाउन प्रयोग गरेकोले धेरै स्थानमा खाल्डाखुल्डी भई प्रयोगविहीन थियो । तर स्थानीयले त्यही खाल्डाखुल्डीलाई पोखरीकोरुप दिएर माछापालन शुरु गरेका छन् । खाल्डा खुल्डी र पानि जमिरहने भए पछि निकै चिन्तित बनेका स्थानीय किसानहरु माछा पालन सुरु गरे सगै निकै खुसी छन् ।

vlcsnap-6258-10-07-04h47m32s608
कोशी आपसपासका वासिन्दाले विषेश गरी प्रकाशपुर, मधुवन र पश्चिम कुशाहामा गरेको व्यवसायिक माछापालन निकै फष्टाएको छ । माछापालन सुरु गरे पछि स्थानीयको आय श्रोतमा समेत वृद्धि भएको छ । सुनसरीको मधुवन ७,का अशोक राई नेपाल आर्मीको जागिर छाडेर मलेसिया र कतारमा ६ बर्षभन्दा बढी बसे । तर, राम्रो कमाउन त सकेनन् नै लाखौ रकम पनि सकेर निराश हुदै स्वदेश फर्किए । स्वदेशमा केही नहुने विदेशमा पनि केही गर्न नसेके पछि भौतारिदै हिडेका राई एकाएक माछापालन तर्फ आकर्षित भए । ३० हजार ऋण खोजेर सप्तकोशीमा बाध निर्माण गर्न माटो निकाल्दा ठुल्ठुला खाल्डाखुल्डी परेको खेत २ वटा पोखरी बनाएर माछा खेती सुरु गरे । लाखौ ऋणमा डुवेका राई माछा पालन सुरु गरे सगै अहिले करौडौका मालिक भएका छन् । पौने २ बिघा जग्गामा ३ वटा पोखरीमा रौ, नैनी, बिगहेड, कमन, सिल्भर, ग्रासलगायत विभिन्न जातका माछा लगाएका उनले बर्षमा कम्तीमा ५ लाख रुपैया चोखो आम्दानी गरिहेका छन् । माछासगै लोकल जातको वंगुरपालन समेत गरेका राई बार्षीक ९ लाख बढी आम्दानी हुने गरको बताउछन् ।

vlcsnap-4388-07-11-23h23m09s195
मेहनत र लगनले गर्दा छोटो समयमा उनले गरेको प्रगति लोभलाग्दो छ । उनको मेहनतको कदर गर्दै करिब २ महिनाअघि मात्र उनले माछा र वंगुरपालनमा जिल्लाको उत्कृष्ट कृषकमा छानिएर नगद १० हजारसहित राष्ट्रपति पुरस्कार पाए । यस्तै, इटहरीमा प्रधानमन्त्री केपी शर्माओलीको हातबाट पनि उनी सम्मानित भइसकेका छन् । ०६४ सालदेखि मात्रै किसानहरु माछापालन प्रति आकर्षित हुन थालेको तथा त्यसयता तीन गाविसमा १ सय ४० हेक्टर क्षेत्रफलमा माछापालन भइरहेको माछापालन कृषक संघका जिल्ला सचिव वलराम माझीले जानकारी दिए ।
vlcsnap-7793-04-14-00h16m45s179
यहाँको माछालाई खाद्य मल प्रयोग नगरिएकोले अग्र्यानिक हुने भएकाले विदेशबाट फर्मालिन हालेको माछालाई विस्तारै विस्थापित गर्दै गएको कृषकको बुझाइ छ । माछा पालक कृषकहरुलाई राज्यले प्रोत्साहन गर्ने हो भने हरेक क्षेत्रमा विदेशीको मुख ताक्नु पर्ने बाध्यता रहेका नेपालीहरुलाई माछा भने परनिर्भर हुन पर्ने थिएन की ।

LIVE TV