३ माघ २०७२, आईतवार

उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले हिन्दू राज्य र संबैधानिक राजसंस्था आफ्नो पार्टीको एजेण्डा भएकोले यसलाई कायम गराएरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।
भक्तपुरमा आइतबार भएको पार्टी प्रशिक्षण कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष समेत रहनु भएका थापाले नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओबादीले षडयन्त्रपूर्ण ढङ्गबाट हिन्दु राज्य र संवैधानिक राजसंस्था हटाएको आरोप लगाउनुभयो । उहाँले अव हुने चुनावमा २ तिहाइ वहुमत ल्याएर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने जिकिर समेत गर्नुभयो ।

KAMAL-THAPA

अध्यक्ष थापाले नेपाली जनताको अभिमत विनानै जातीय आधारमा अन्तरिम संविधानमा संघीयता लाद्ने काम भएको आरोप समेत लगाउनुभयो । उहाँले नेपाली काग्रेस, एमाले र माओवादीको गठवन्धनकै कारण देशमा बैदेशिक हस्तक्षप बढेको चर्चा समेत गर्नुभयो ।

LIVE TV