
म्याग्दी, जिल्लाको घार गाविस– ८ मा आधुनिक सुन्तला भण्डार गृह ९सेलार स्टोर० निर्माण गरिएको छ। जिल्ला कृषि विकास कार्यालयअन्तर्गत सञ्चालित एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमको पाँच लाख रुपैयाँ अनुदान तथा कृषकको एक लाख ४२ हजार रुपैयाँ बराबरको श्रमदानमा भण्डार गृह निर्माण भएको हो। भण्डार गृह निर्माणपछि अहिले कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरिएको स्थानीय ठाकुरप्रसाद बरुवालले बताए।
‘‘अहिले नै विक्री गर्दा सुन्तलाको मूल्य नपाइने भएकाले भण्डारण गरेका हौँ, झण्डै एकहजार ५ सय किलो सुन्तला भण्डार गृहमा राखेका छौँ” उनले भने। यस अघि मङ्सिर पुसमै न्यून मूल्यमा सुन्तला विक्री गर्नुपर्ने बाध्यता थियो। अहिले विरौटा बहुउद्देश्यीय कृषक समूहको पहलमा भण्डार गृह निर्माण भएपछि कृषकलाई राहत पुगेको छ।
भूमिगत रुपमा बनाइएको सो पक्की सेलार स्टोरमा र्याक राखेर सुन्तलालाई सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाइएको छ। रासस