३ माघ २०७२, आईतवार

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकार केही दिनमै नेपालमा जारी रहेको नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ । आईतवार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री राईले मोर्चासंगको छलफल सहमति नजिग पुगेको बताउनु भयो । उहाँले केही दिनमा शीर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्ने तयारी रहेको जानकारी गराउनु भयो ।

sahr  dhan

राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएकाले नाकाबन्दी अन्त्यको घोषणा केही दिनमा नै गरिने बताउनुभयो । मधेसी मोर्चासँग सहमति भईसकेको दावी गर्दै सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैद्यानिकता दिने जानकारी मन्त्री राईले दिनु भयो ।

उहाँले नाकाबन्दी अन्त्य, मधेसको समस्य समाधान, पुनर्निर्माण विद्येयक, प्राधिकरण गठन गरेर महाअभियानको सुरुवात जस्ता कारणले सरकार सफल भएको दावी गर्दै बाहिर हल्ला फैलाईए जस्तो सरकारले केही गर्न सकेन भनेर शीर निहुँ¥याउने अवस्था नरहेको दावी गर्नुभयो ।

LIVE TV