३ माघ २०७२, आईतवार

केही समय अघि मात्र बिन्दास ३ फिल्मका नायिका सुभेच्छा थापाले आफुले गरेको गल्ति स्विकार्दै माफि मागेकी थिईन् । बौद्ध धर्मलम्बिहरुले फुलको रुपमा प्रयोग गर्ने पवित्र खादाले आफ्नो गोप्य अंग छोप्दै फोटोसुट गरेकी थिईन् । यहि प्रकरणपछि सुभेच्छालाई चलचित्र कलाकार संघले उनलाई ६ महिनाको लागी सदस्याबाट निलम्बन गरेको छ । अहिले सुभेच्छाको लागि यो फोटोसुट महंगो पर्न गएको छ । शनिबार संघले राखेको बैठकले सुभेच्छालाई निलम्बन गरेको संघका अध्यक्ष रामेश्वर बोगटिले जानकारी दिएका छन् ।

vlcsnap-2206-09-21-09h22m52s687
सुभेच्छा थापालाई ६ महिनाको लागि निलम्बन भएको र अरु कलाकारहरुलाई पनि यसै कार्बाही बाट सजग बनाउने अध्यक्ष बोगटिले आशा राखेको छन् । नायिका थापाले आचारण सुधारे ६ महिना पश्चात स्वत फुकुवा हुने पनि बताएका छन् । आचारण सुधार नभएमा थप कडा कार्वाहि अघि बढाउने जानकारी पनि दिएका छन् । अहिले बिन्दास ३ फिल्मलाई बहिस्कार गर्ने हल्लाहरु पनि आईरहेको छ । राजु गीरी निर्देशित फिल्म विन्दास ३ मा अभिनय गरेकी सुभेच्छा थापा अहिले बौद्ध धर्मलम्बिहरुको लागि आत्मघाति साबित भएकोे छ । शेर्पा समुदायका केहि संस्थाहरुले यस फिल्मलाई बहिस्कार गनु पर्ने पनि बताईरहेको छन् । यसै सन्दर्भमा फिल्म बिन्दास ३ को भविस्य पनि जोखिममा परिरहेको देखिन्छ ।
गत बर्ष पनि नायिका सुभेच्छा थापाले आफ्नो बक्षस्थल माछाले छोपेर फोटोसुट गरेकी थिईन् । यसै फोटोसुटका कारण उनि निकै चर्चामा आएकी थिईन् । यसपाली पनि त्यस्तै चर्चामा आउनका लागी सुभेच्छाले खादाले आफ्नो बक्षस्थल र कम्मर मुनिको अंग छोपेर फोटोसुट गरेकी छिन् । सुभेच्छाको यसै फोटोसुटका कारण बौद्ध धर्मको अपमान गरेको भन्दै सामाजिक सञ्जाल मार्फत उनीमाथि आक्रोस व्यक्त भएको हो ।

vlcsnap-7944-11-16-21h50m03s890

LIVE TV