३ माघ २०७२, आईतवार

प्रेम दिवसको स्पेशल डेटमा रीलिज गरीने ्फिल्म प्रेमगीतको शिर्ष गीतले बजारमा निकै चर्चा कमाईरहेको छ । यसैक्रममा रोमान्टिक अर्को गीत पनि सार्वजनिक गरीएको छ । पुजा शर्मा र प्रदिप खड्काको फिचरीङ्ग रहेको मैले सोचे जस्तै …बोलको गीत पनि सार्वजनिक भएको हो ।


सुदर्शन थापा निर्देशित फिल्म प्रमगीतको अहिले गीतकै कारणले निकै चर्चामा रहेको छ । अन्य फिल्महरुको तुलनामा सांगितिक रुपमा प्रेमगीतले राम्रो चर्चा पाइरहेको छ । यस फिल्मको गीतहरुबाटनै अहिलेको नयाँ पुस्ताहरु उत्साहित पनि भईरहेका देखिन्छन् । मैले सोचे जस्तै… बोलको गीतमा मुस्ताङ्गको रोमनिय ठाउँहरुको सिनेमाटोग्राफि रहेको छ । अर्जुन पोखरेलको संगितमा डा. कृष्ण हरि बरालको शब्द रहेको छ । यस मैले सोचे जस्तै…बोलको गीतमा सन्तोष लामा र स्वेच्छा ठकुरीको स्वर रहेको छ, भने रेनेशा बान्तवा राईको नृतय निर्देशन रहेको छ । अहिलेको चर्चित संगितकार अर्जुन पोखरेलले पनि सम्झन योग्य संगित दिएका छन् ।

 

LIVE TV