३ माघ २०७२, आईतवार

चिनियाँ नागरिकले नेपाललाई मन पर्ने छिमेकी देशको रुपमा रोजेको एक सर्वेक्षणले देखाएको छ । ग्लोवल टाइम्सले गरेको इन्टरनेट सर्वेक्षणमा चिनियाँ नागरिकले पाकिस्तान र काजकिस्तानपछि नेपाललाई मन पर्ने छिमेकी छनोट गरेका हुन् । बेइजिङबाट प्रकाशित हुने पत्रिका ग्लोवल टाइम्सको चिनियाँ भाषाको अनलाइनमा ’हाम्रो छिमेकी छानौँ’ शीर्षकमा केही दिनअघि सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा चिनियाँ नागरिकलाई मन पर्ने छिमेकी देशहरू छनोट गर्न तथा यदि विश्व मानचित्रलाई पुर्नसंचना गर्न सकिने भए कुन देशलाई नयाँ छिमेकीको रुपमा छनोट गर्नुहुन्छ भनि सोधिएको थियो । पत्रिकाको प्रश्नमा दुई लाख चिनियाँले अनलाइनमा भोट दिएका थिए ।

chin
चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ग्लोवल टाइम्स बेइजिङमा कडा राष्ट्रवादी धारको पत्रिका मानिन्छ । अनलाइन सर्वेक्षणले भारत भन्दा पाकिस्तानलाई चिनियाँले छिमेकीको रुपमा रुचाएको देखाएको छ । चिनियाँले सिमा साझेदारी गर्न मन पराउने छिमेकी देशहरूमध्ये पाकिस्तान सबभन्दा माथि छ । ११ हजार ८ सय ३१ जनाले पाकिस्तान छनोट गरेका छन् । चिनियाँले छिमेकीको रुपमा मन पराएको दोस्रो काजकिस्तानमा १० हजार १ सय १८, तेस्रो नेपाल १० हजार १ सय ८ र चौथो ताजकिस्तान ९ हजार ५ सय ८४ ले मत दिएका छन् ।

LIVE TV