
नेपाल चीन सम्बन्धलाई थप बिस्तार गर्न चिनिया भाषा शिक्षण सम्बन्धि एक दिने कार्यशाला काठमाण्डौंमा सम्पन्न भएको छ । काठमाण्डौ विश्वविद्यालयको आयोजनामा आयोजित कार्यक्रममा शिक्षण विधिसम्वन्धि दुई देशीय अनुभव आदान प्रदान गरिएको थियो ।
कार्यक्रममा दुवै देशका शैक्षिक र प्रशासनिक क्षेत्रका विधि र क्षमतालाई आदानप्रदान गर्ने बारे छलफल पनि गरिएको थियो । अन्तरक्रियामा बोल्ने अधिकांश बक्ताले दुई देशबीच भाषिक समन्वयको आवश्यक परेको बताउनुभयो ।
त्यस अवसरमा नेपालका लागि चीनिया दुतावसाका सांस्कृतिक प्रमुख जेङ विङले चीन नेपालसंग शिक्षा र विकासको क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
यसैगरी शिक्षा मन्त्रालयका सचिव देवीप्रसाद उपाध्याय र काठमाण्डौ विश्वविद्यालयका बालचन्द्र लुईटेलले शिक्षा बिस्तारका लागि चीनसंग लिन सकिने धेरै कुराहरु रहेको बताए । नेपाल चाइना सांस्कृतिक अध्ययन केन्द्रका प्रमुख डक्टर हरिसचन्द्र शाह दुईदेशबीच भाषिक सहजताका लागि यस किसिमको अन्तरक्रिया आवश्यक रहेको बताउनुभयो ।