
हामीलाई थाहा नै हुँदैन दैनिक हुने केही यस्ता गल्ती छन्, जसले हामीलाई दिन प्रतिदिन बुढो बनाइ रहेको हुन्छ । अनि हामी उमेर नपुग्दै पाको देखिन थाल्छौं ।
तर यस्तो हुनुमा हाम्रै सानातिना भूलहरुले भूमिका खेलिरहेको हुन्छ भन्ने कुराचाहीँ कमैलाई थाहा होला । जसले तपाईंको उमेर घटाइरहेको छ र समयअगावै बुढो बनाउँदै छ । त्यसैले स्वास्थ्य सम्बन्धी विभिन्न साइटहरुको सहयोगमा हामीले त्यस्ता खराब बानीको सूची प्रस्तुत गरेका छौं
१ निद्राको कमी
निद्राको कमीले आँखामा मात्रै होइन मानिसको आयूमा पनि असर गर्छ । दिनमा कम्तिमा ७ घण्टा सुत्नु अति आवश्यक छ । साथै निद्राको कमीले दिमागमा बोझ र वजन पनि बढ्न थाल्छ । यसो भन्दैमा धेरै सुत्नु फाइदाजनक हुन्छ भन्ने छैन । ठिक्क सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।
२ एकसाथ धेरै काम गर्नु
एकसाथ दुई वा दुईभन्दा बढी काम गर्नु र दैनिक घटौंसम्म काममा खटिनु मानव स्वास्थ्य र शरीरका लागि हानिकारक छ । एकसाथ धेरै काम गर्नुलाई कतिपयले राम्रो मान्लान्, तर यसले गिमागमा धेरै तनाव बढ्छ, जसको सिधा असर शरीरमा पर्न जान्छ ।’ रिसर्चका अनुसार तनावले बुढ्यौली छिट्टै ल्याउँछ ।
३ धूम्रपान
धूम्रपानले केही दिनमै छालामा गलत असर पर्न थाल्छ । यसले छालालाई छिट्टै चाउरी पनि पर्न थाल्छ । साथै धूम्रपानले शरीरमा भिटामिन सीको स्तर पनि घटाउँछ । जबकी भिटामिन सीको काम नै छालालाई सुख्खा हुन नदिने र आवश्यक मोइस्चर कायम राख्ने हो । साथै निकोटिनले छालाको चमक खोस्ने र चाउरी पार्ने काम गर्छ ।
४ धेरै बस्नु
धेरै बस्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसले मुटु रोग, क्यान्सर तथा मोटोपनको खतरा बढ्छ । नियमित कसरतबाट यस्तो खतरा कम गर्न सकिन्छ । साथै यसले हाम्रो आयु पनि बढाउँछ । जसले हप्तामा कम्तिमा १ सय ५० मिनेट कसरत गर्छ, उसको आयु कसरत नगर्नेहरुको भन्दा १० देखि १३ वर्ष बढ्दछ ।
५ ठूलो स्वरमा म्यूजिक सुन्नु
कानमा पर्ने असरले पनि मानिसलाई उमेर नपुग्दै बुढो बनाइदिन्छ । जसले निको ठूलो आवाजमा म्यूजिक सुन्छ, उसको सुन्ने क्षमता पनि विस्तारै कम हुँदै जान्छ । खासगरी हेडफोनमा ठूलो आवाज सुन्नु हाम्रालागि निकै नोक्सानदायक हुनसक्छ ।
६ अत्याधिक मेकअप
मेकअपका कारण आउँदै गरेको बुढोपन छिट्टै थाहा हुँदैन । यसको असर केही वर्षमा देखिनथाल्छ । जसमा बढी केमिकल, अल्कोहल र सुगन्ध हुन्छ, त्यस्तो प्रोडक्टले छालालाई छिट्टै असर गर्छ । यसले अनुहारमा आवश्यक बोसो पनि घटाउँछ भने उमेर अगावै चाउरी पर्न थाल्छ । तपाईं दैनिक मेकअप गर्नुहुन्छ भने पनि सुत्नुअघि राम्रोसँग मुख धुन नभुल्नुस् ।
७ धेरै मिठाइ खानु
ज्यादा गुलियोले पनि मानिसको उमेर तथा छालामा असर गर्छ । सन डिएगोका छाला रोग विशेषज्ञ स्टुअर्ट भन्छन्, ‘सुगरको मोलिक्यूले छालाका केशिकाहरुसँग मिलेर त्यसलाई सुख्खा बनाइदिन्छ । यसले छाला निकै फुस्रो र चमकविहीन देखिन थाल्छ । साथै आँखाको मुनी कालो घेरा बस्न थाल्छ, साथै छाला चाउरी पनि पर्छ ।
यस्तो खानु फाइदाजनक
ब्रुक्लिनका पोषण विशेषज्ञ फ्रांकी कोहेनका अनुसार ओमेगा फ्याटी एसिड, जुन मेवा र माछामा पाइन्छ, यसको सेवन हाम्रालागि निकै लाभदायक हुन्छ । यसले छालामा आवश्यक चमक बनाइराख्छ भने चाउरी पर्न पनि दिँदैन । यसले मुटु र दिमागलाई पनि स्वस्थ राख्न मद्दत गर्छ । हप्तामा दुई पटक माछा वा मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।