३ माघ २०७२, आईतवार

पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँदैछ । १० दिनभित्र पाँच सय जना इञ्जिनियर गाउँ पुगिसक्ने प्राधिकरणले जनाएको छ । यस्तै एक महिनाभित्र एक हजार पाँच सय इञ्जिनियरलाई गाउँ पठाइसक्ने प्राधिकरणको तयारी छ ।

1437970954_barpak
हिजोदेखि पुनर्निर्माण अभियान सुरु गरेको प्राधिकरणले भूकम्पले क्षतिग्रस्त भएका बस्तीमा जोखिमको आवश्यक मूल्यांकन गरी पुनर्निर्माण थाल्ने जनाएको छ । प्राधिकरणले फागुन १२ गतेसम्म पहिलो, चैत १२ गतेसम्म दोस्रो र वैशाख १२ गतेसम्म तेस्रो गरी तीन चरणको पुनर्निर्माण कार्ययोजना बनाएको छ । पहिलो चरणमा जिल्ला समन्वय समितिको गठन, आवश्यक जनशक्तिको परिचालन, कार्यालय व्यवस्थापन तथा बजेट व्यवस्था गरिने प्राधिकरणले जनाएको छ ।
दोस्रो चरणमा प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, पुनर्निर्माण सम्बन्धी नीति, नियमावली तथा कार्य्विधि बनाउने र जिल्लामा सम्बद्ध सरकारी कार्यालयमा पुनर्निर्माण इकाई स्थापना गरिने छ ।
यस्तै तेस्रो चरणमा कम्तीमा पाँच जिल्लामा नमुना आवास निर्माण सुरु गरिने छ । तर घर बनाउने पर्खाइमा बसेका भूकम्प पीडितले भने वर्षा अघि नै घर निर्माण सक्ने वातावरण बनाइदिन माग गरेका छन् ।

LIVE TV