
सिरियाको पूर्वी शहर दीर अल जुरमा भएको चरमपन्थी आक्रमणमा परी ५० सिरियाली शैनीक सहित एक सय भन्दा बढीको ज्यान गएको छ । सीरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार सरकारको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा ८५ जना सर्वसाधारण र ५० सीरियाली शैनीको ज्यान गएको छ ।
यद्यपी सीरियाको सरकारी सञ्चारमाध्यम सनाले भने आक्रमणमा कम्तिमा ३ सय जनाको ज्यान गएको दावी गरेको छ । आफुलाई चरमपन्थी समुह ईस्लामिक स्टेट बताउने समुहले सो क्षेत्रमा आक्रमण गरेको बताइएको छ । आक्रमणपछि सो क्षेत्रलाई चरमपन्थीहरुले आफ्नो नियन्त्रणमा लिएका छन् ।
यसैवीच, मानवीय मामीला समन्वय गर्ने संयुक्त राष्ट्रसंघको कार्यालय ओसीएचएका अनुसार सो क्षेत्रमा करिब दुई लाख नागरीक फसेको जनाएको छ । शनिबार मात्र इस्लामिक स्टेट आइएसले सो क्षेत्रमा आक्रमण सुरु गरेको थियो । त्यस समयमा एक कार बम विस्फोटपछि आक्रमण सुरु गरिएको थियो । त्यसपछि सरकारी सेनाले जवाफि कारबाहि स्वरुप हवाई हमला गरेको थियो । यसैवीच रुसले सो क्षेत्रमा फसेका नागरीकहरुको साहयताका लागि राहत सामग्री पठाएको बताएको छ । सीरियन अब्जरभेटरी फर ह्युमन राईट्सका अनुसार शहरको ६० प्रतिशत भुभाग आइएस्ले आफ्नो नियन्त्रणमा लिएको छ ।