३ माघ २०७२, आईतवार

चन्द्रपुर नगरपालिकामा अटो रिक्सा थपिने क्रम बढ्दै गएको छ । अटो रिक्सा सञ्चालन हुन थालेपछि लामो समयदेखि चल्दै आएका रिक्सा विस्थापन भएका छन् । । इन्धनको अभावमा हुने समस्यालाई कम गर्न तथा हरित पर्यावरण कायम राख्न अटो रिक्सा उपयोगी देखिएको नगरवासीले बताएका छन् ।

अहिले चन्द्रपुर नगरपालिकामा ९० भन्दा बढी अटो रिक्सा सञ्चालनमा छन् । अटो रिक्सा चालकको भनाइ अनुसार तीन वाट विद्युत् खर्चमा अटो रिक्साको ब्याट्री चार्ज हुन्छ ।

auto

ब्याट्री चार्ज भएपछि करिब ८० किमीसम्म अटो रिक्सा चलाउन सकिन्छ ।  अटो रिक्साको प्रयोग बढ्न थालेपछि लामो समयदेखि रिक्सा चलाउँदै आएकाहरु पनि यही साधनतर्फ आकर्षित भएका छन् ।

पेट्रोलियम पद्धार्थको अभाव तथा गौर–चन्द्रनिगाहपुर सहायक राजमार्गमा बन्दका कारण सवारी साधन नचल्दा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्न यही साधनको प्रयोग गर्ने क्रम बढेको अटो रिक्सा चालक रामनाथ महतोले बताए । उनका अनुसार सरकारले कानुनी अड्चन हटाएर अटो रिक्सा सञ्चालनलाई सहज बनाएमा व्यवसायी पनि लाभान्वित हुने थिए । रासस

 

LIVE TV