३ माघ २०७२, आईतवार

शुक्रबार ६१ औ बलिउड फिल्मफेयर अवार्ड सम्पन्न भएको छ । ६१ औं फिल्मफेयर अवार्ड सर्बश्रेष्ठ फिल्ममा बाजीराव मस्तानीले जितेको छ । रनवीर सिंहको फिल्म बाजिराव मस्तानीले सर्बश्रेष्ठ अभिनेता, अभिनेत्रि र निर्देशकको अवार्ड जितेकोे छ ।

bajira

सर्वश्रेष्ठ अभिनेताको रुपमा रनवीर सिंह, अभिनेत्रि दीपिका पादुकोन र निर्देशक संजय लीला बंसलीले अवार्ड पाएका हुन् । यो वर्षको फिल्मफेयर अवार्डमा बाजीराव मस्तानी र पिकु फिल्मको धुम रहेको थियो । बाजिराव मस्तानीमा मस्तानीको राम्रो भुमिका निभाउने नायिका दीपिका पादुकोणलाई सर्बश्रेष्ठ नायिकाको अवार्ड दिईएको छ । त्यस्तै पीकु फिल्ममा पनि पीकुका राम्रो भुमिका निभाएकी थिईन् । प्रियंका चोपडालाई पनि यो फिल्मको लागि बेस्ट सर्पोटिङ्ग नायिकाको अवार्ड प्रदान गरीएकोे छ ।

mastani
क्रिटिक्स च्वाईस अवार्ड फिल्म पीकुलाई दिईएको छ । यहि पीकुबाट अमिताभ बच्चनलाई क्रिटिक्स च्वाईस बेस्ट एक्टरको अवार्ड प्रदान गरिएको छ । त्यस्तै कंगना रनौतलाई क्रिटिक्स च्वाईस बेस्ट एक्ट्रेस अवार्ड प्रदान गरियो । फिल्म मसानबाट नीरज घायवनलाई सार्बश्रेष्ठ नवोदित निर्देशक अवार्ड प्रदान गरीएको छ । यसै अवार्डको मौकामा पुराना अभिनेत्रि मौसमी चटार्जि पनि लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानीत भएकी छिन् ।

LIVE TV