३ माघ २०७२, आईतवार

तनहुँको व्यासनगरपालिका-२ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।

मृत्यु हुनेमा व्यासनगरपालिका– २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा गएराति  दमौली अस्पतालमा मृत्यु भएको हो।

LONDON, DECEMBER 13:  A hunting knife is held by an employee at a film and television prop company December 13, 2004 in London, England. Families of stabbing victims have called on the government to make carrying a knife as serious an offence as carrying a gun, with a minimum five-year jail term for carrying a knife with a blade longer than three inches. (Photo Illustration by Ian Waldie/Getty Images)

उक्त घटनामा परी व्यासनगरपालिका–१० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन्। उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। रासस

 

LIVE TV