३ माघ २०७२, आईतवार

कांग्रेसका दुई नेताहरुले सांसद भएपछिमात्र पार्टीको साधारण सदस्यता र क्रियाशिल सदस्यता पाएका छन् ।

सरकारले नै २६ सभासद मनोनयन गर्दा कांग्रेस कोटामा सांसद बनेका उमेश श्रेष्ठ र धनुषाकी समानुपातिक सांसद रश्मी ठाकुरको क्रियाशिल सदस्यता पारित भएपछि उनीहरु बल्ल क्रियाशिल कांग्रेस बनेका हुन् ।

kangresh meet

श्रेष्ठले चितवनबाट र ठाकुरले धनुषाबाट सदस्यता पाएका छन् । व्याब्सनका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि कुनै पार्टीमा आबद्ध थिएनन् । रश्मी भने जिउँदो सहिद अरबिन्द ठाकुरकी छोरी हुन् । अरबिन्द ठाकुरलाई २०४५ सालमा राजा महेन्द्रलाई बम हान्न प्रयास गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो । तर मधेसी बाहुन भन्ने थाहा पाएपछि उनलाई माफी दिइएको थियो ।

सदस्यता छानविन समितिका अनुसार कांग्रेसका अन्य सबै सांसदसँग क्रियाशिल सदस्यता छ । आजको राजधानी दैनिकमा समाचार छ ।

 

LIVE TV