
गत बैशाख १२ गते गएको महाविनाशकारी भुकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि भोलिदेखि राष्ट्रिय पुननिर्माण महाअभियान सुरु गरिने भएको छ । पुनर्निर्माण प्राधिकरण राष्ट्रिय परामर्श समितिले भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तीन महिने कार्ययोजना पारित गरेपछि पहिलो चरण अन्तर्गत भोलिबाट अभियान सुरु गर्न लागिएको हो ।