३ माघ २०७२, आईतवार

६ महिनाअघि बनेको राहदानीमा भारतका दिल्ली, मुम्बई हुँदै ओमानको मस्कट आवागमन गरेको छाप लगाइदिएर फेरि दिल्ली हुँदै कोलम्बो पठाउने तयारीमा रहेकी एक नेपाली महिला विमानस्थलबाट पक्राउ परेकी छन् । कान्तिपुर दैनिकमा समाचार छ। गत सोमबार पक्राउ परेकी बाँके घर भएकी २८ वर्षीया पुजा पुनलाई न्यायिक हिरासतका क्रममा तिहाड जेलमा राखिएको छ।

gulf

‘जीवनमा पहिलोपटक विदेश उडेकी उनको राहदानीमा भारतका दिल्ली, मुम्बईदेखि ओमानसम्मको अध्यागमन छाप लगाइएको छ । त्यो पनि नक्कली रहेको पुष्टी भइसकेको छ,’ कानूनी उपचारबाट महिलाको उद्धारमा जुटेका माइती इन्डियाका बालकृष्ण पाण्डेले भने, ‘मानव तस्करीको सञ्जालले नेपाली युवतीलाई भारतका विभिन्न विमानस्थल हुँदै कोलम्बो उडाउने र त्यहाँबाट खाडी मुलुकमा पुर्‍याउन थालेको थप पुष्टी भएको छ।’

 

जनवरी ११ मा एयर इन्डियाको नियमित उडानबाट कोलम्बो जान लागेकी पुनको पासपोर्टमा किर्ते छाप र विवरण भेटिएपछि उनलाई तत्काल अध्यागमन प्रहरीले अनुसन्धानमा लिएको थियो । त्यसपछि पटियाला कोर्टले गरेको निर्णयमा कम्तिमा दुइ महिनाका लागि पुजालाई न्यायिक हिरासत क्रममा तिहाड जेलमा राखिएको छ । पुजाको गाउँमा ४ नाबालक छोरा रहेको र क्यान्सरले ग्रस्त आमाको उपचारका लागि रोजगारीमा आफू विदेश जान चाहेको उनले बयानमा बताएकी छिन् । भारत प्रवासमा रहेका उनका श्रीमान ओमबहादुरसमेत केही बर्षयता सम्पर्कहीन भएको बयानमा उल्लेख छ ।

 

LIVE TV