
स्थानीय मगर समुदायको मृत्यु संस्कारमा राँगो र भेडा काटेर मलामीलाई भोज खुवाउने परम्परा थियो । मैकोट गाविसका युवाहरुको पहलमा अगुवाहरुको भेलाले यो रीति खर्चिलो भएको भन्दै निर्णय गर्यो – अब राँगो नढाल्ने ।मलामीलाई राँगोको मासुसहितको भोज खुवाएर बिदा गरेपछि मात्र किरियापुत्री शुद्ध हुने जनविश्वास थियो ।
मलामीलाई राँगो काटेर भोजभतेर गर्दा कम्तीमा डेढ लाख रुपैयाँ खर्च हुने गरेको थियो । अगुवाहरुको सर्वपक्षीय भेलाले अब भेडा मात्र काटेर सामान्य सगुन बाँडेपछि किरिया उतार्ने चलन सुरु गरेको हो । कान्तिपुर दैनिकबाट