२ माघ २०७२, शनिबार

नेकपा एमालेका उपाध्यक्ष एवम् रक्षा मन्त्री भीम रावलले मधेसी मोर्चालाई मुलुकको वर्तमान अवस्था र भूकम्पका कारण निम्तिएको संकटलाई ध्यानमा राखेर वार्तालाई छोट्याउन आग्रह गर्नुभएको छ । उहाँले मोर्चाले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर भएपनि मोर्चाले नै वार्ता प्रति संवेदनशीलता नदेखाएको गुनासो गर्नुभयो । शनिवार विराटनगरमा आयोजित संविधान बारे प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै रक्षा मन्त्री रावलले सरकारले माघ ५ गते भित्र संसदमा प्रस्तुत गरिएको विधेयक पारित गराउने तयारी गरेको जानकारी दिदै संविधानमा नमिलेका विषय वस्तु र विवादहरु राजनैतिक समिति मार्फत टुङ्ग्याउने गरी सहमति गर्न मधेसी मोर्चालाई आग्रह गर्नुभयो ।
Bhim-rawal
कार्यदल सदस्य समेत रहेका रक्षा मंत्री रावलले नेपालको संविधान २०७२ प्रगतिशील र अग्रगामी भएको दाबी गर्दै यसबारे भ्रमहरु पैmलाएर मुलुकलाई अस्थिर नबनाउन आग्रह गर्नुभयो । उहाँले संविधान गतिशील दस्तावेज भएकाले समयक्रम अनुसार संशोधन भईरहने भएकाले अहिले नै सबै थोक खोज्नु जायज नभएको टिप्पणी गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई एमालेका सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य जीवन घिमिरे लगायतका नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।

LIVE TV