२ माघ २०७२, शनिबार

अत्यन्त संवेदनशील मानिएको हवाई सेवाको सुरक्षार्थ रहेको बारुण यन्त्र विग्रिए पछि अहिले बाराको सिमरा विमानस्थल उच्च जोखिममा रहेको छ । उडान तथा अवतरणका समयमा तयारी अवस्थामा रहनुपर्ने बारुणयन्त्र यति बेला आफै थला परेको कारण जोखिम मोल्दै हवाई उडान तथा अवतरण गराईरहेको छ ।

vlcsnap-2016-01-16-18h20m16s174
बारुण यन्त्रको अभावमा बाराको सिमरा विमानस्थल र अमलेखगन्ज स्थित क्षेत्रीय आयल निगम डिपो असुरक्षित बनेको छ । दुवैं अत्यन्त संवेदनशील क्षेत्रमा रहेका बारुणयन्त्र बिगत तीन महिना देखि विग्रिएपछि अहिले असुरक्षित बनेको हो । सिमरा विमानस्थलको उडान तथा अवतरणका समयमा तयारी अवस्थामा रहनुपर्ने बारुणयन्त्र यति बेला आफै थला परेको छ भने उत्तिकै संम्वेदनशील मानिएको आयल निगमको बारुणयन्त्रको अवस्था समेत उस्तै छ । काठमाण्डौबाट नजिकको दुरीमा रहेको सिमरा विमानस्थलमा हाल दिवा तथा आपतकालीन अवस्थामा रात्रिकालिन उडान तथा अवतरण हुने काठमाण्डौ पछिको पहिलो सुविधा सम्पन्न विमानस्थल हो । विमानस्थलमा उपलव्ध साधन श्रोत र जनशक्तिलाई परिचालित गरी विमानस्थलमा हुन सक्ने सम्भावित दुर्घटनाको क्षतिलाई न्यूनीकरण गर्ने महत्वपुर्ण मानिएको बारुण यन्त्र यति बेला आफै बेहाल भएर बसेको छ । फ्रान्समा निर्मित अत्याधुनिक बारुणयन्त्रको पानी तथा फर्म फ्याक्ने डिजिटल टच प्याडको सेन्सर विग्रिएको र उक्त सामान नेपालमा नपाईने भएकोले विदेशबाट मगाउनु पर्दा ढिलो हुन गएको नागरिक उड्यान प्राधिकरण सिमराका विमानस्थल प्रवन्धक परवेज आलम सिद्दिकीले बताउनुभयो । उहाँको अनुसार सुरक्षा भन्दा पनि क्षति न्यूनीकरणमा प्रयोग हुने बारुण यन्त्रको विकल्प हालसम्म नरहेको र सिलिण्डरहरुबाट साना तिना मेशिनरी तथा भवनमा प्रयोग गर्न सकिने भएपनि विमानका लागि उक्त सिलिण्डर प्रयोग गर्न नसकिने र अन्य बैकल्पिक व्यवस्था समेत नरहेको जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्यान प्राधिकरण एवं नागरिक उड्यान प्रशिक्षण प्रतिष्ठान सिनामंगलले रेस्क्यू तथा फायर फाईटिङ्ग सम्वन्धि दुई दुई वर्षमा स्थलगत तालिम बाराको सिमरा बिमानस्थलमा हुने गरेको छ । अहिले सिमरा विमानस्थालमा जेटस्टिम ४१, एटिआर ४२, वीच क्रयाफ्ट टाईपका जहाजहरु नियमित तथा आपतकालीन उडान तथा अवतरण गराउन सक्षम छ । तर यतिवेला बारुण यन्त्र विग्रिएपछि उक्त सेवा समेत प्रभावित भएको छ । राजधानी जोड्ने सबैभन्दा छोटो समयको हवाई मार्ग सिमरा–काठमाडौंमा सञ्चालित विमान सेवाहरुबाट मुख्यत भारतीय पर्यटक लगायत बारा, पर्सा, रौतहट, मकवानपुर र सर्लाही जिल्लाका उद्योगी, व्यापारी तथा सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन् ।

LIVE TV