२ माघ २०७२, शनिबार

इग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेलहरु हुँदै छन् । आज हुने पहिलो खेलमा टोटनह्याम हट्सपर र सण्डरल्याण्डबीच प्रतिस्पर्धा हुदै छ । यसै गरी राती पौने नौ बजे ५ खेल हुने छन् । बर्नमाउथले नोरिच सिटीसँग प्रतिस्पर्धा गर्दा चेल्सीले एर्भटनको सामना गर्नेछ । त्यस्तै म्यान्चेस्टर सिटी र क्रिष्टल प्यालेस आमने सामने हुनेछन । न्युकासल युनाईटेड र वेष्ट ह्याम युनाईटेड एक आपसमा प्रतिस्पर्धामा उत्रने छन् । यसैगरी साउथह्याम्पटनले वेष्ट ब्रोम सँग खेल्दा एष्टन भिल्लाले दोस्रो स्थानमा रहेको लिष्टर सिटीसँग खेल्ने छ । इङ्गलिश प्रिमियर लिग फुटबलमा २१ चरणका खेलहरु सकिँंदा ४३ अंक जोडेको आर्सनल शिर्ष स्थानमा रहदा समान अंकको साथ लेस्टर सिटी दोस्रो स्थानमा छ् । तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ४० अंक छ भने ३६ अंक जोडेको टोटनह्याम चौथो स्थानमा छ ।

epl

प्रतिक्रिया दिनुहोस्
LIVE TV