२ माघ २०७२, शनिबार

हास्य ब्यङ्ग्य कलाकार दिपक राज गिरी र दिपा श्री निरौलाले भुकम्प पिडितको लागि न्यानो कपडा बितरण गर्ने भएका छन ।बैशाख बाह्रको भुकम्पको केन्द्र बिन्दु रहेको बारपाक र गोरखाकै लारपाक क्षेत्रमा अहीले उनिहरुको कपडा बितरणको योजना रहेको छ ।

dipak

न्यानो कपडा बितरण मात्र होइन आगामी दिनमा पनि निरन्तर सामाजिक कार्यमा लाग्ने सोच उनिहरुले बनाएका छन ।फेसबुकमा सव्रmीय समुह एम आर आर संग सहकार्य गर्दै लुगाबितरणको कार्यलाइ उनिहरुले अगाडि बडाउदै छन ।निर्माताको रुपमा पनि आफुलाइ स्थापित गर्दै गरेको दिपक र दिपाले आफुले पनि केही रकम ब्यक्तीगत रुपमा पनि सहयोग गर्न गइरहेका छन ।प्रतक्ष रुपमा आफै गयर सामाजिक कार्यमा योगदान गर्न नसकेता पनि आम्दानीको केही प्रतिशत सामाजिक कार्यमा निरन्तर छुटाउने चाहना पनि कलाकार द्धयको छ ।

सामाजिक सञ्जाल बाट दिपक राज गिरीले सहयोगको लागि आग्रह गरेपछि धेरै सहयोगि हातहरुले पिडितको सहयोगको लागि तत्परता देखाएका थिए ।

LIVE TV