
रोमान्टिक थ्रिलर गाजलु फिल्मको रीलीज डेट पनि आउट भएको छ । जेरी र होस्टेल फिल्मबाट चर्चा कमाईसकेका निर्देशक हेमराज बि.सि.ले फिल्मलाइ निर्देशन गरेका हुन् । गाजलु फिल्म ४५ दिनमा सुटिङ् सकिएको निर्माण पक्षले बताएका छन् । नयाँ वर्ष २०७३ को बैशाख २४ गते रिजिल डेट तोकीएको उक्त फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका छन् । गाजलु फिल्मको रिलीज डेट बैशाख चौबिस लाई फाइनल गरेको निर्माता रोहित अधिकारीले जानकारी गराएका छन ।
करिब एक करोड तिस लाखमा बनेको बताईएको यस फिल्ममा सृष्टि श्रेष्ठ र अनमोल के.सि.को फिचरिङ्ग रहेको छ । स्रोतका अनुसार गाजलु फिल्मले एफडि कम्पनिबाट मिनिमम ४२ लाख ग्यारेन्टि पाईसकेको छ । हेमराज बि.सि. निर्देशित तेस्रो फिल्म गाजलुमा आनमोल र सृष्टिका साथै सलोन बस्नेत, गौरब पहारी, रीत्तिक शाही लगाएतले मुख्य भुमिकामा अभिनय गरेका छन् । अहिलेको नेपाली फिल्महरुले हलहरु व्यस्त बनिरहेको समयमा आउँदो बैशाख २४ गते गाजलु फिल्मले पनि रीलीज डेट तोकेको छ । बैशाखको २४ गतेलाई कुरीरहेको गाजलु फिल्मलाई रोमान्टिक थ्रिलर भएको बताएका छन् ।