२ माघ २०७२, शनिबार

प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आन्दोलनरत मधेशी मोर्चाका मागहरुबारे साझा धारणा बनाउन आज पनि छलफलमा जुटेका छन् ।

MADHESI MORCHA
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको प्रमुख दलहरुको बैठकमा मधेसी मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन गर्ने विषयमा साझा धारणा बनाउनेबारे छलफल भैरहेको छ । मोर्चाले अघि सारेको मागका विषयमा तीन दल र मधेसी मोर्चाले गठन गरेको कार्यदलस्तरमा निरन्तर छलफल हुँदै आएपनि मोर्चाका मागबारे साझा धारणा तय गर्न प्रमुख तीन दल आज पनि छलफलमा जुटेको हो ।
प्रमुख तीन दलका शीर्ष नेताहरुवीच छलफल भएपछि आजै अपरान्ह कार्यदलको बैठक बस्ने तयारी छ ।

LIVE TV