२ माघ २०७२, शनिबार

बुटवलीकी रेणु मगर चार महिना भयो नेपाल फर्किएको । आफैलाई समाल्न सकेकी छैनन् उनले । राति सुत्दा डर लाग्छ, बहिनी सधैँ साथमा रहेपनि एक्लो महसुस भइरहन्छ। आफ्नो भविष्यको चिन्तामा डुबिरहन्छिन् रेणु अचेल । उनको आत्मविश्वास सिरियामा नराम्ररी गुमेको थियो, जब छिमेकीबाट ६ हजार डलरमा बेचिइन् । त्यसको क्षतिपूर्ति पाउन सकेकी छैनन् उनले ।

dollaar

२६ वर्षीया रेणु सिरियामा आउको यातना कहाली लाग्दो छ । न खान पाउनु, न सुत्न विरामी हुँदा पनि धेरै पाउँन्नथे, रेणुले भनिन् । दमास्कसमा दिनहुँ बम पड्कीरहँदा उनी सधै त्रसित रहन्थिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उनी दलालमार्फत दुबई जाने भइन् तर दलालले ओमान हुँदै सिरिया पुर्‍याएर छोडेपछि छाँगाबाट खसेजस्तै भइन् । १८ महिना अघि आफूसँगै पूजा लामा र सजिना तामाङलाई पनि दलालले सिरिया पुर्‍याएको रेणुले बताइन् ।
निकै कष्टपूर्ण जिवन विताएकी रेणुले सजिना अहिले पनि सिरियामै रहेकाले उनलाई नेपाल फर्काउन सरकारले तत्काल पहल गर्नु पर्ने बताइन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV