२ माघ २०७२, शनिबार

काठमाडौं–सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई गढिमाई दर्शन गर्ने भन्दै झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यपारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ ।

indian

      फाइल तस्बिर 

गढिमाई दर्शन गर्न भन्दै बाराको मटिअर्वा नाकाबाट सादा पोसाकमा नेपाल प्रवेश गरेका सातजना भारतीय प्रहरीको टोलीले कलैयामा किराना पसल संचालन गर्दै आएका भारत सीतामढीका पप्पु साहलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । बिनाजानकारी कलैया ५ मा रहेको साहको सकराना पसललाई घेरा हालेर उनलाई नियन्त्रणमा लिन प्रयास गरेपछि कलैया बजार क्षेत्र बिहीबार साँझ तनावपूर्ण बनेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

LIVE TV