२ माघ २०७२, शनिबार

विराटनगर–डाँका, लुटपाट र ज्यान मार्ने उद्योगसमेतका तीनवटा ठूला अपराधमा संलग्न रहेर फरार बनेका एकजनालाई प्रहरीले मोरङको बयरवनबाट बिहीबार राति पक्राउ गरेको छ ।

hatkadi

बयरवन ५ का २५ वर्षीय गणेश भनिने विकास गुरुङलाई गाउँबाटै पक्राउ गर्न इलाका प्रहरी कार्यालय पथरीको टोली सफल भएको हो । प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो । पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले डाँका, लुटपाट र ज्यान मार्ने उद्योगका फरार अभियुक्त गुरुङलाई गाउँमा आयोजना गरिएको कार्यक्रम हेर्न आएको मौका छोपेर पक्राउ गरिएको बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

LIVE TV