
नेपाल आयल निगम डिपो विराटनगरले कोटामा उद्योग, व्यापार, निर्माणलगायत संस्थालाई वितरण गरेको तेल कालोबजारीमार्फत पुन बजारमा पुग्ने गरेको फेला परेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।
आयल निगम क्षेत्रीय डिपो विराटनगरले कोटामा विभिन्न उद्योग, प्रतिष्ठान, निर्माण क्षेत्र लगायतलाई वितरण गरेको तेल बढी मूल्य लिएर कालोबजारी हुँदै आएको भेटिएको हो।
वितरण पारदर्शी बनाउन स्थानीय प्रशासनको सिफारिसमा निगमले प्राथमिकताअनुसार विभिन्न औद्योगिक संघसंस्थालाई तेल उपलब्ध गराउँदै आएको छ।
कोटामा विरण गरिएको तेल औद्योगिक प्रतिष्ठानले विभिन्न पम्पसँगको मिलेमतोमा भण्डारण गरी कालोबजारी गर्दै आएको छानविनका क्रममा फेला परेको हो।