१ माघ २०७२, शुक्रबार

सुख्खा मौसमको समयमा धरानका गृहणीहरु रातभर जागै बस्ने गर्दै आएका छन् । उनीहरु जागै बस्नुको कारण कारण जाडो वा गर्मी भएर भने नभई घरमा प्रयोग गरिने पानीको जोहोको गर्नका लागि रातभर जाग्राम नै बस्नु पर्ने बाध्यता हो । सुख्खा मौसम लागेपछि धरानमा पानीको अभाव प्रत्येक बर्ष चुलिदै गएको छ । यसको प्रमुख कारण बर्षेनी बढेको जनसंख्या र धारा जडानको संख्यामा वृद्धि हुनु हो । अभावसंगै १० देखि १२ दिनमा बल्ल वल्ल आफ्नो धारामा पानी आउने पालो भएपनि धारामा पानी नचुहिदा बाटोबाटोमा पाइप खोलेर पानी थाप्नुपर्ने बाध्यताका कारण पानी कतिखेरि आउने र थाप्ने चिन्ता नै गृहणीको लागि टाउको दुखाई बन्दै गएको हो । एक ग्रागी पानीका लागि समेत घण्टौ कुनुपर्ने समस्या भएको र प्राय राति १२ बजेको समयपछि पानी आउने गरेकाले गृहणीहरु रातभर जागै वस्नु पर्ने बाध्यता छ । त्यतिमात्र नभई तीन चार दिनमा एउटा टोलमा खानेपानी संस्थानले एक ट्यांकी पानी वितरण गर्ने गर्दछ, त्यो समयमा समेत उनीहरु लाइनमा लागेर बसेको दृश्य देख्दा जोकोहीलाई टिठ लाग्ने गर्दछ । धरान १५ की टीकामाया चापागाईलाई सुख्खा मौसम नै नआओस जस्तो लाग्छ । विगत चार पाचबर्षदेखि पानीकै कारण रातभर सुत्न नपाएको र ढाडको बल्झिदै गएको चापागाईको भनाई छ । चापागाई मात्र नभई धरानका आर्थिक अवस्सथा कमजोर भएका गृहणीहरुको हालत सबैको यस्तै छ ।
vlcsnap-6763-02-07-09h47m54s870
यसको प्रमुख कारण सुख्खा मौसममा खानेपानी संस्थानले पानीको जोहो गर्न नसक्नु नै हो । दैनिक २ करोड लिटर पानी आवश्यक रहेको धरानमा सुख्खा मौसममा मुस्किलले १ करोड ३० लाख पानीको जोहोमात्र गर्न सक्ने संस्थानकै कर्मचारीको भनाई छ । धरानको पानीको स्रोत मानिएको सर्दु, खर्दु र तामाखाम जलाधार क्षेत्र सुख्खा मौसमसंगै पानीको स्रोत सुक्नु र तरहराको जंगलबाट बोरिङ्ग गरेर ल्याउने पानी समेत लोडसेडिङका कारण दैनिक दुई वटा २० ट्यांकर अथवा १ लाख ५ हजार लिटर ट्यांकर दैनिक धरानबासीलाई बाड्नुपर्ने बाध्यता रहेको संस्थानकै वितरण शाखाले जानकारी दिएको छ । पाइप विस्तारसंगै वितरणमा समेत धाँधली गरेका कारण पनि केही ठाउँमा प्रसस्त पानी आउने र केही ठाउँमा पानी नआउने गरेको सर्वसाधारणको गुनासो छ । वैज्ञानिक ढंगले पानी वितरण गर्ने हो भने पानीको अभाव भएपनि यस्तो भयावह अवस्था नआउने उनीहरुको तर्क छ ।
यद्यपि संस्थानले हाल धरानमा ८३ प्रतिशत सर्वसाधारणलाई खानेपानी खुवाउदै आएको जिकिर गर्दै आएको छ ।

LIVE TV