१ माघ २०७२, शुक्रबार

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको शीघ्र र सहज कार्यान्वयनका लागि प्रमुख दलहरु एकताबद्ध हुनुपर्ने बताउनु भएको छ । उहाँले नेपाली काँग्रेस प्रतिपक्षमा रहेपनि संविधान कार्यान्वयन गर्ने सन्दर्भमा एकमत हुने धारणा राख्नुभयो । गृहजिल्ला झापाको जलथलमा शुक्रबार संविधान प्रचार अभियान कार्यक्रममा नेता सिटौलाले संसदको कार्यकाल करिब दुई वर्षको मात्रै रहेकाले अहिले सबभन्दा ठूलो चुनौती संविधान कार्यान्वयन गराउनु रहेको बताउनु भयो । उहाँ संविधानको कार्यान्वयनका लागि पनि तीनदलले निर्माणप्रक्रियामा खेलेको भुमिका जस्तै एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याउनु भयो ।
3817Krishna-sitaula-650
महामन्त्री सिटौलाले अहिलेको संविधानका उत्कृष्ट बनेको दोहो¥याउँदै कुनै क्षेत्र, समुदायका कुरा छुटेको भए संशोधन मार्फत र सीमाङ्कनको विषय संघीय आयोग मार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो । तर आफ्नो राजनैतिक स्वार्थका लागि जनतालाई दुःख दिने राजनीति अब नेपालमा अघि बढ्न नसक्ने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV