१ माघ २०७२, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान गर्ने आफ्नो अडानलाई पुनः दोहो¥याउनु भएको छ । उहाँले एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने प्रतिबद्धताबाट आफु कति पनि विचलित नबनेको पनि प्रष्ट पार्नु भएको छ ।

KP OLI

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले कुरा काट्नेहरु काटिरहन्छन् तर आफु कदापि पछाडि फर्केर हेर्ने मनस्थितिमा नरहेको प्रष्ट पार्नु भयो । उहाँले आफुले बोलेका कुराहरु पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै जति दिन प्रधानमन्त्री पदमा बसे पनि त्यति दिन नै आफ्नो प्रयास निरन्तर रहने बताउनु भयो । उहाँले आफ्नो प्रतिबद्धतालाई हँसीमजाकमा नउडाउन पनि आग्रह गर्नुभयो । सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर ठड्याउन मात्र आफु सिंहदरबार नगएको भन्दै प्रधानमन्त्री ओलीले भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने आफनो ध्येय भएको प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवालाई थप सर्वसुलभ बनाउन सरकारले ध्यान दिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV