
गुल्मी जिल्ला जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवरले एकै पटकमा चार सन्तान जन्माएकी छिन् ।
उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत चारजना चुम्ल्याहा सन्तान बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी छन् । जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ ।
कुवँरले गत दुई वर्षअघि पनि जुम्ल्याहा सन्तान जन्माएकी थिईन तर ती दुवै सन्तानको जन्मनासाथ मृत्यु भएको थियो ।
डा थापा, डा श्रीयसी अर्याल, डा दीपक श्रेष्ठलगायतको टोलीले चारैजना बच्चालाई सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन् ।