१ माघ २०७२, शुक्रबार

नायिका शुभेच्छा थापा अरुको फिल्म भन्दा पहीले देखीनै आफ्नो फिल्मको लागि शारीरीक सुन्दरता पस्कीन उदार नै हुन ।मिस नेपाल फिल्म देखीनै उनले आफ्नो ग्यामर फोटो सेसनको यात्रा शूरु गरीन अहीले पनि बिन्दास फिल्म नजिकीदै गर्दा फिल्मको लागि प्रोमोशनल फोटो सुट गराइन तर उनको फोटो सुट यस पटक भने बिबादीत भयो ।फोटो सुटमा शरीरको अंग छोप्नको लागि खादा प्रयोग गरीन जस्को कारण बैोद्ध धर्ममा आस्था राख्ने धर्मावलम्बीहरुले केही नराम्रो महशुश गर्दै शुभेच्छाको कदमको आलोचना गरे ।यस बिषयमा खुलेर स्पस्टीकरण नदीएकी शुभेच्छा थापाले हाम्रो मिडिया संग कुनै धर्मको आस्थामा चोट पुराउने योजना नभएको र खादाको महत्व नबुभ्mदा गल्ती भएको स्वीकारीन ।उनको कदम बाट चोट परेको सबै समुह संग अन्यथा नलिदीन पनि आग्रह गरीन ।आइन्दा फोटो सुट गर्दा सचेत हुने प्रतिबद्धता पनि जनाइन ।नजिकीदै गरेको बिन्दास फिल्मका निर्देशक राजु गिरीले पनि फिल्मको प्रचारको लागी फोटो सुट गरेपनि खादाको महत्व नबुझ्दा केही गल्ती भएको बताए ।राजु गिरी प्रोडक्सन र सुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म बिन्दास थ्रि आउदो माघ बाइस देखी प्रदर्शनमा आउदै छ ।

vlcsnap-7944-11-16-21h50m03s890

LIVE TV