१ माघ २०७२, शुक्रबार

नेपालको तराई क्षेत्रमा थारु वस्तीहरुमा त माघे संक्रान्तिलाई माघी भनेर हर्षोल्लास साथ मनाइन्छ । नुवाकोटमा भने माघे संक्रान्तिमा गोरु जुधाएर रमाइलो गरिन्छ ।

goru
नेपाली ‘बुलफाइट’ भनिने गोरु जुधाउने मेला तारुका र बेत्रावतीमा गरी आज २० हल गोरु जुधाउने तयारी भएको छ । तारुका–५ चन्दनीको बारीको पाटोमा यो वर्ष गोरु जुधाउन १५ हल दर्ता भएको माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष जनकरजा ढुंगानाले बतानुभयो । मेलामा सहभागी गराउने गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डालगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिएको समितिले जनाएको छ ।
यस्तै, नुवाकोटको बेत्रावतीमा यो वर्ष ५ हल गोरु जुधाईंदैछ । गोरु जुधाउने मेलालाई व्यवस्थित र सुरक्षित बनाउन ध्यान दिइएको आयोजक गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले जानकारी दिनुभयो ।
नुवाकोटमा गोरु जुधाउन थालिएको आधिकारिक तिथि मिती थाह नभए पनि यो दुई सय ५० वर्ष भन्दा पुरानो मानिन्छ ।

LIVE TV