१ माघ २०७२, शुक्रबार

प्रहरीले उपत्यकाका सबै फुटसल बन्द गराएको छ । विनाकुनै अनुगमन खुलेको फुटसलहरूलाई व्यवस्थित बनाउन हाललाई बन्द गरिएको प्रहरीले जनाएको छ ।गुन्डागर्दी संलग्नहरू र लागुऔषध दुव्र्यसनीको अखाडा बनेको तथा अव्यवस्थित भएको भन्दै काठमाडौं प्रहरीले ५१ वटा फुटसल बन्द गराएको हो । छिमेकी र अभिभावकको उजुरीपछि शान्तिसुरक्षाको दृष्टिकोणले छापा हानिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए ।

footshal

‘फुटसलले खेलाडी होइन, दुव्र्यसनीहरू उत्पादन गरिएको पाइयो,’ एसएसपी थापाले भने, ‘फुटसल कोर्टभित्र गाँजा र रक्सीका बोतल फेला परेका छन् । राति अबेरसम्म मदिरा सेवन गरी हल्ला गरेको स्थानीयको धेरै उजुरी आएपछि बन्द गराएका हौँ।’स्कुल गएका विद्यार्थीसमेत फुटसलमा गएर बाजी खेल्ने गरेको उजुरी परेको प्रहरीले जनाएको छ । उनीहरूले वैधानिकता र कर तिरे–नतिरेको विषयमा पनि अनुसन्धान गरी पछि खुलाइने प्रहरीले जनाएको छ । ललितपुर र भक्तपुरको फुटसल भने बन्द गराइएको छैन । प्लास्टिक घाँसबाट बनाइने इन्डोर मैदानमा खेलिने खेल फुटसल हो । पछिल्लो सयम राजधानीमा धमाधम फुटसल खुल्दै आएका छन् । घन्टाका आधारमा फुटसल खेल्न दिई सञ्चालकहरूले पैसा लिने गर्दथे । घन्टाको एक हजारदेखि २५ सय रुपैयाँसम्म लिने गर्दछन् । फुटसल सञ्चालकहरूले भने प्रहरीले अनावश्यक दु:ख दिएको आरोप लगाएका छन् । यसअघि रमेश खरेल काठमाडौं प्रहरी प्रमुख हुँदा पनि उनले फुटसलहरूमा छापा हानी सञ्चालकहरूलाई पक्राउ गरेका थिए ।नयाँ पत्रिका

LIVE TV