३० पुष २०७२, बिहीबार

पूर्वअर्थमन्त्री डा रामशरण महतले बन्द हडताललाई सदाका लागि बन्द गर्नुपर्ने कुरा दोहर्याउनुभएको छ । देश विकास गर्न बन्द हडताल जस्ता विकासका बाधाकहरुलाई सदाका लागि हटाउनुपर्ने वहाँको कथन थियो । उद्योग बाणिज्य संघ मकवानपुरले उहाँको सम्मानमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री महतले यो सम्मान आफ्नो मात्र नभई सबै नेपालीको भएको बताउनु भयो । देशको बिग्रदो परिस्थितिलाई इंगित गर्दै उहाँले सन् १९९० को उदार अर्थनीतिको कारण अहिलेसम्म देशको अर्थतन्त्र चलिरहेको दाबी गर्नुभयो । बेलायतको एक पत्रिकाले विश्वका अर्थमन्त्रीहरु मध्ये नेपालका पूर्व अर्थमन्त्री डाक्टर महतलाई उत्कृष्ट अर्थमन्त्रीको रुपमा छनौट गरेकोमा उद्योग बाणिज्य संघ मकवानपुरले उहाँलाई सम्मानित गरेको हो ।

ramsaran-mahat

LIVE TV