
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले पुस ९ गते मन्त्रीपरिषद् विस्तार गर्दै खानेपानी तथा सरसफाई मन्त्रालय बनायो तर अझै यहाँ मन्त्री र सचिव बस्ने ठाउँ छैन । भौतिक योजना तथा यातायात मन्त्रालयको माथिल्लो तलामा यसको बोर्ड राखिएको छ र रिपोर्टिङका क्रममा पुग्दा धमाधम मन्त्री बस्ने कार्यकक्ष बन्दै थियो । मन्त्री नियुक्त भएको झण्डै एक महिनापछि खानेपानी तथा सरसफाई मन्त्रालयको मन्त्री कक्ष पुस ३० मा बनेको हो ।