
प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालित फुटसल अनिश्चितकालका लागि बन्द गराएको छ । फुटसलका नाममा समाजमा विकृति बढ्दै गएको गुनासो आएपछि महानगरीय प्रहरी परिसरले विहीवारदेखि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका सबै फुटसल बन्द गरेको हो । रमाइलो र स्वास्थ्यका लागि खेलिने फुटसलले समाजमा विकृति बढाउँदै लगेको गुनासो आएपछि महानगरीय प्रहरी परिसरले काठमाडौं उपत्यकाका ५१ वटै फुटसल अनिश्चितका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ । रमाइलोको लागि खेलिने यो खेलमा होहल्ला गर्ने र समाजमा विकृति समेत बढेकोको स्थानीयको जनगुनासो आएपछि प्रहरीले गरेको आवश्यक अनुसन्धानपछि प्रहरीले यो कदम चालेको हो । फुस्टलमा मादक पदार्थ र लागूपदार्थ खाने तथा जुवाजन्य गतिविधि समेत बढ्दै गएपछि कानुनी दायरामा नल्याउनजेलका लागि यो खेल बन्द गरिएको प्रहरीले जनाएको छ । कानुनी दायरामा ल्याएर मात्र फेरि सञ्चाल गर्न दिने प्रहरीको भनाइ छ । यसको नियमन गर्ने कुनै संयन्त्र नभएकाले पनि बन्द गर्नुपरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार काठमाडौं उपत्यकाका अधिकांश फुटसल दर्ता समेत नगरी मनलाग्दी रुपमा सञ्चालन गरेको पाइएको छ । प्रहरीका अनुसार उपत्यकामा मध्यरातिसम्म होहल्ला गर्दै खेल्ने गरेको र कतिपय फुटसलमा बाजीको नाममा ठूलो धनराशीको चलखेल समेत हुने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सन् १९३० मा ब्राजिलबाट औपचारिकरुपमा शुरु भएको इन्डोर मैदानमा खेलिने फुटसल नेपालमा सन् २०११ मा भित्रिएको हो । नेपालमा काइजन स्पर्टोस सोलुशन प्रालिले सन् २०११ मा काठमाडौंको ठमेलमा एरेना फुटसल नाममा खेलाउन थालेको हो । यसलाई नेपालमा नवाङ निमा लामाले भित्र्याएका थिए । नेपालमा भित्रेको चार वर्षमै उपत्यका तथा उपत्याका बाहिर पनि फुस्टल विस्तार भएको छ ।
बालबालिकादेखि सबै उमेरकाले खेल्न सकिने यो फुटसल लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार न्यूनतम २५ १६ मिटर र अधिकतम ४२ २५ मिटरको मैदान चाहिन्छ । जहाँ एक पटकमा दुई टिमबाट ६(६ जना खेलाडीले प्रतिस्पर्धा गर्न सक्छ ।