३० पुष २०७२, बिहीबार

JANGEY

नेपाली फिल्महरुको आगमन हुदै गर्दा जंगे फिल्मले पनि बैशाख १७ गते रीलीज डेट टार्गेट गरेको छ । आईडियाज एण्ड इमेजेज् इन एसोसिएसन विथ अभाना प्रोडक्सनको व्यानरमा निर्माण भएको जंगे फिल्म रोमान्टिक जान्रामा रहेको छ । सुवास कोईरालाको पटकथा तथा संवाद रहेको जंगे फिल्मलाई उत्कल थापाले निर्देशन गरेका छन् ।त्यस्तै सुसन प्रजापतिको छाँयाकन र उज्वल ढकालको सम्पादन रहेको यस फिल्ममा सुरज सिंह ठुकुरीले मुख्य भुमिकामा अभिनय गरेका छन् ।
जंगे फिल्मलाई सुसन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । यो वर्षका अन्तिम तीन महिना नेपाली फिल्म रीलीजको क्यालेन्डरले भरिएको छ । हरेक हपता दुई वा सो भन्दा बढि फिल्महरु रीलिज भईरहेका छन् ।त्यस्तै माघको १ देखि चैत्रको २६ सम्म कुनै पनि हलहरु खालि नभएको अवस्थामा जंगे फिल्मले आउँदो बैशाखको १७ गते रीलीज डेट तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV