३० पुष २०७२, बिहीबार

एकाएक पानीको फोका जस्तै बोलको गीतबाट चर्चामा आएकी गायिका रजिना रीमाल विभिन्न चलचित्र देखि आधुनिक गीतहरुमा समेत जमिरहेकी छिन् । रजीना रीमालको स्वरको फ्यानहरु धेरै रहेका छन् । रजिना रीमालको स्वरमा रहेको सुस्त पवन बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ । यस लभस्टोरी रहेको सुस्त पवन बोलको गीतमा आकेशा बिष्ट र दृश्यले फिचरिङ्ग गरेका छन् । सुशन प्रजापतिको छाँयाकन् र निशान घिमिरेको सम्पादनमा जोयस पाण्डेले निर्देशन गरेका छन् ।

12 13

 

भि.जे., नायिका तथा मोडल आकेशा बिष्ट र दृष्यले यस गीतमा फरक तरीकाको साथै नयाँ पुस्ताको माया प्रेमको बारेमा फिचरिङ्गका गरेका छन् । उक्त भिडियोमा अकेशा र दृश्यले क्रिस्चियनिटि कपलको रुपमा फिचरिङ्ग गरेका छन् । सुस्त पवन बोलको गीतमा रोशन शाही ठकुरीको संगित तथा मञ्जु खड्का योञ्जनको शब्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV