३० पुष २०७२, बिहीबार

गत बुधबार काठमाडौंको पुतलीसडक स्थित कुुमारी हलमा आयोना गरीएको फन्को फिल्मको प्रिमियर मा नायिका प्रियंका कार्की हलिउड ड्रेसमा देखा परिन् । त्यस्तै केकी अधिकारी पनि आर्डरव ड्रेसमा कमि देखिनन् । यि दुवै नायिका फन्को फिल्मको नायिकाहरु हुन् । भर्खरै मात्र जापान र कतारमा शो सम्पन्न गरेर फर्किएकी प्रियंकाको ड्रेस हलिउड रेडकार्पेटमा देखिन लायकको थियो । उक्त कार्यक्रममा नायिकाहरुको बहुल्यता भएको अवस्थामा पनि सबैभन्दा बढि प्रियंकाको बलिउड ड्रेसले प्राथमिकता पाएको थियो । त्यस्तै ढाडमा खोपिएको ट्याट्टु शो गर्नका लागी प्रियंकाले जाडोलाई नै चुनौुति दिईन् ।

vlcsnap-2016-01-14-11h37m09s18 vlcsnap-2016-01-14-11h38m39s151
प्रियंकाको आगमन भन्दा पहिले केकीको वार्डरव ड्रेसले पनि उतिकै चर्चा पाएकी थिईन् । वार्डरव फेशनमा सजिएकी केकी पनि प्रियंका भन्दा कम देखिनन् । सर्वाधिक नायिकाहरुको उपस्थिति रहेको त्यस कार्यक्रममा केकी र प्रियंकाको फेशनले निकै पत्रकारहरुको ध्यानाकर्षण गरेको थियो । प्रियंकाले ठाडै चिसोको मौसमलाई च्यालेन्ज गर्दै रेडकार्पेटमा धेरै समय दिएर आफनो तस्विर खिचाइन् । प्रायजसो आफु अभिनित फिल्मको प्रिमियरमा प्रियंकाले लगाउने ड्रेसहरुले चर्चा पाईरहन्छन् । त्यस्तै यस प्रिमियरमा लगाएकी पहिरनले पनि त्यस्तै चर्चा पाएको छ । आजको नायिकाहरुले पहिरनप्रति देखाएका सजकताहरुलाई प्रसंशा गर्नै पर्छ ।
पहरनको बिषयमा नायिका करिस्मा मानन्धर पनि त्यति कामजोर नायिका होईनन्, तर ढल्किदो उमेरका कारण आजको नायिकाहरुको जस्तो नहुनु स्वभाविकै हो । अहिलेको समयमा पहिरन लागाउने बिषयमा प्रियंका कार्की अन्य नायिकाहरुको तुलनामा निकै माथि रहेकी छिन् ।

2 3

6 1

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV