सुनको भाउ बिहिबार तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुन प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोवार भएको छ । यसअघि बुधवार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको सुन विहिवार पुनः ६ सय रुपैयाँले नै बढेको हो । बुधबार सुन प्रतितोला ४९ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसै गरी विहिवार तेजावी सुनप्रति तोला ४९ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको छ । चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी विहिवार ६ सय ८० रुपैयाँमा कारोबार भएको छ सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।