
नेपाली गीत संगितको बजारमा नव गायिका गौरी माया साउदेमले स्मृती नामक नयाँ एल्बम ल्याएकी छिन् । काठमाठौंमा पत्रकार सम्मेलन गर्दै स्मृती एल्बमलाई सार्वजनिक गरीएको छ । बरीष्ठ संगीतकार शीला बहादुर मोक्तान र गायीका कुन्ति मोक्तानका साथै नायिका अशिष्मा नकर्मि लगाएतले उक्त एल्बमलाई सार्वजनिक गरेका हुन् । स्मृति एल्बममा गौरी माया साउदेमको एकल आवाज र तारा प्रकाश लिम्बुको एकल संगित रहेको छ ।
नव गायिका साउदेमले ल्याएकी स्मृतिमा छ वटा साथै दुई वटा म्युजिक ट्रयाक पनि रहेको छ । अहिलेका पुस्ताको माया प्रेमलाई सम्बोधन गर्ने स्मृतिको केही गीतहरुको म्युजिक भिडियो पनि बनाईसकेकी साउदेमले जानकारी गराईन् । उनले ल्याएकी स्मृतिका बारेमा बताउदै साउदेमले उक्त गीत सुनेर सहयोग गर्न पनि आग्रह गरेकी छिन् ।
लामो समय सांगितिक क्षेत्रमा बिताई सकेकि कुन्ति मोक्तानले पनि आफुले सुरुको दिनहरुमा धेरै मिहेनत गुर्नपरे बताएकी छिन् । श्रीमान शीला बहादुर मोक्तानले उनको रुचिमा सहयोग गरेको पनि बताईन् । स्मृती सार्वजनिक कार्यक्रममा उपस्थित मोक्तानले साउदेमकी श्रीमानलाई पनि सहयोग गर्न अनुरोध गर्दै स्मृती एलबमको सफलताको शुभकामना पनि दिईन् ।
स्मृती एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ संगितकार शीला बहादुर मोक्तन, गायिका कुन्ति मोक्तान, नायिका अशिष्मा नकर्मीका साथै स्मृती एल्बमका संगीतकार तारा प्रकाश लिम्बु, गायिका गौरी माया साउदेम आदीले उपस्थिति जनाएका थिए । यसै कार्यक्रममा स्मृती एल्बमका सम्पुर्ण टिमलाई मायाको चिनो प्रदान गर्दै सम्मान कार्यक्रम पनि गरीएको थियो ।