
स्टारडस्ट अवार्डको मौकामा ऐश्वर्य राय बच्चनले रेखालाई दर्शकहरुको माझ आमा भनेर सम्बोधन गरेकी छिन् । बलिउडका महानायक अमिताभ बच्चनको बुहारी एवं अभिषेक बच्चनको श्रीमति हुन् ऐश्वर्य राय ।
विहिबार भएको टेलिकास्ट अवार्डमा ऐश्वर्य रायको कमब्याक फिल्म जज्बा को लागी अवार्ड पाउँदा रेखाको हातबाट उक्त अवार्ड लिनका लागी रेखालाई स्टेजमा ऐश्वर्यले बोलाएका थिए । रेखाको हातबाट ऐश्वर्यले उक्त अवार्ड पाउँदा निकै खुशि हुदै रेखालाई आमा भन्दै सम्बोधन गरेकी हुन् । ऐश्वर्यले निकै खुशि हुँदै यो अवार्ड आमाको हातबाट पाउन सम्मानको कुरा भएको पनि धेरै पटक उनले दोहोर्याईन् । त्यस्तै रेखाले पनि जवाफमा अवार्ड दिदै भनिन्, मैलै पनि सँधै यसरी नै तपाईलाई अवार्ड दिईरहुँ, ।
एश्वर्यले रेखालाई आमा भन्दै सम्बोदन गर्दा अमिताभ र रेखाको लभअफेयरको याद सबैलाई आउँछ । बलिउडका यि दुईजोडि पनि निकै चर्चामा रहेका छन् । अमिताभले पछि जया बच्चन सँग बैबाहिक सम्बन्धमा बाँधिएको हुनाले रेखा र अमिताभको बिबाह हुन सकेन । यसै सन्दर्भमा एश्वर्यले पनि रेखालाई आमा भनेकि भन्ने आँकलन गर्न सकिन्छ । जे भए पनि आमा शब्दले ऐश्वर्यले रेखालाई सम्बोधन गर्दा राम्रै भएको सबैले महसुस गरेका छन् ।