
आफूले अभिनय गरेको पहिलो फिल्म कसलाई आफ्नो भनूँ चार वर्षसम्म पनि प्रदर्शनमा नआउँदा उदीयमान अभिनेत्री झरना रिसाललाई टेन्सन भयो रे † ‘तर पनि निराश नभई अघि बढ्दै छु,’ उनी भन्छिन्, ‘त्यसपछि मैले भूमि– दी ग्रेट लेडी र परिणाम फिल्ममा अभिनय गरिसकेकी छु ।’
सानैदेखि कलाकारितामा रुचि बढेकाले दाङबाट काठमाडौं आई संघर्ष गरिरहेको बताउँछिन् उनी । झन्डै तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेको बताउने झरना हिरोइनको रूपमा स्थापित हुने चाहना राख्छिन् । ५ फुट ४ इन्च उचाइकी २१ वर्षीया झरना विशेषगरी नारीप्रधान भूमिका निर्वाह गर्न मन पर्ने बताउँछिन् । अहिलेसम्म अभिनय गरेका सबै फिल्म नारीकेन्द्रित नै भएको दाबी उनको छ । अब भने उनलाई बिग ब्यानरका फिल्ममा अभिनय गर्ने चाह बढेको छ रे । ‘अलि चलेको ब्यानरमा काम गर्ने इच्छा छ,’ उनी भन्छिन्, ‘सुरुवातका दिनमा अनुभवका लागि काम गरे पनि अब भने पहिचान बनाउनु छ मलाई । त्यसैले चर्चित ब्यानरका फिल्मको प्रतीक्षामा छु ।’ झरना थापा आफ्नो ‘फेभरेट’ हिरोइन भएको बताउने झरनालाई हिरोमा भने सलमान खान निकै मन पर्छ रे † आफूमा झरना थापाको झैँ पहिचान र सफलता चुम्ने रहर रहेको उनी बताउँछिन् ।नयाँ पत्रिकाबाट